काठमाडौं – कोरोना भाइरसको संक्रमण भएर निको भएका तीन जनामा पुनः कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले फलोअप चेकजाँचका क्रममा गरिएको परीक्षणका क्रममा कोरोना पोजेटिभ पाइएको बताए ।
यसरी पुनः संक्रमण भेटएका काठमाडौंका ५८ वर्षीय पुरुषलाई पाटन अस्पताल ललितपुर र रौतहटका १९ वर्षीय तथा पर्साका ४४ वर्षीय पुरुषलाई नारायणी अस्पताल वीरगञ्जमा भर्ना गरिएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । त्यस्तै कोरोना निको हुनेको संख्या १९ पुगेको छ ।




प्रतिक्रिया