काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा चर्काचर्की भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा चर्काचर्की भएपछि प्रधानमन्त्री केपी शर्मा ओली बैठक कक्ष छोडेर बाहिरेका छन् ।
बैठकको सुरुवातमा नेताहरुबीच ‘एक व्यक्ति एक जिम्मेवारी’को विषयमा छलफल हुँदै गर्दा चर्काचर्कीको अवस्था सिर्जना भएको हो ।
‘एक व्यक्ति एक जिम्मेवारी’को विपक्षमा रहेका प्रधानमन्त्री ओली बैठक कक्ष छोडेर बाहिरएको स्रोतले जानकारी दियो । आज बिहान प्रधानमन्त्री अोली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो । नेकपाको विवाद समाधान भएको बताइए पनि प्रधानमन्त्रीको उक्त कार्यबाट झनै विवाद बढ्ने देखिएको छ । बिहीबार नेकपाको स्थायी समिति बैठक बोलाइएको छ ।




प्रतिक्रिया