काठमाडौं – वीरगञ्जमा भेटिएका १७ जना कोरोना संक्रमित एकै परिवारका भएको खुलेको छ । बुधबार दुई महिनाको शिशुसहित १७ जना फेला परेका संक्रमित एकै परिवारका भएको खुलेको हो ।
गत वैशाख २१ गते संक्रमण देखिएका वीरगञ्ज महानगरका सफाई कर्मचारीका परिवार रहेको बताइएको छ । वीरगञ्ज महानगरपालिका–३ छपकैयाका ३६ वर्षीय उनी सोही परिवारका सदस्य हुन् ।
संक्रमित पुरुषको नारायणी अस्पतालमा उपचार भइरहेको छ । अन्यलाई पनि सोही अस्पतालमा लगिएको छ । संक्रमितमध्ये ७ जना महिला र १० जना पुरुष छन् ।
बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा १७ जनामा कोरोना संक्रमण भेटिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।




प्रतिक्रिया