कोभिड-१९ नियन्त्रणमा चिनियाँ अनुभव सबैका लागि उपयोगी : मन्त्री ढकाल

कोभिड-१९ नियन्त्रणमा चिनियाँ अनुभव सबैका लागि उपयोगी : मन्त्री ढकाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ भाइरस विश्वका लागि ठूलो चुनौती रहेको र चीनले प्राप्त गरेको अनुभव सङ्क्रमण नियन्त्रणमा महत्वपूर्ण सावित भएको बताएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा साइनो नेपाल मिडिया सोसाइटी तथा चाइना मिडिया गु्रूपले संयुक्त आयोजना गरेको नेपाल चीन स्वास्थ्य विशेषज्ञ भर्चुवल मञ्चमा मन्त्री ढकालले नयाँ महामारीको विरुद्धमा चीन सरकार र चिनियाँ स्वास्थ्यकर्मीको कडा मिहिनेतले न्यूनतम क्षतिमा ठूलो ज्ञान र अनुभव प्राप्त गरेको बताए ।

मन्त्री ढकालले भने, महामारी नियन्त्रणमा चिनियाँ अनुभव सारा विश्वको लागि उपयोगी हुन सक्नेछ । नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले कोभिड १९ को समस्त मानव जातिको साझा त्रासको विषय बनेको उल्लेख गर्दै आपसी समन्वय र सहयोगबाट मात्रै कोभिडविरुद्ध लड्न शक्ति मिल्ने बताए ।

पहाड र नदीले जोडिएको नेपाल र चीनले महामारीको सामना गर्न प्रदर्शन गरेको ऐक्यबद्धता र आपसी सहयोगले दुवै देश र जनताबीचको मित्रताको प्रगाढ प्रतिविम्बित भएको उनले प्रष्ट पारे । कोभिड १९ रोकथाम र नियन्त्रणमा नेपाल सरकारले चालेको कडा कदमको प्रशंसा गर्दै त्यसले नेपालमा सकारात्मक नतिजा देखिएको राजदूत हौले उल्लेख गरे ।

नेपालको तर्फबाट मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्की, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका चिफ कन्सल्ट्यान्ट फिजिसियन डा अनुप बास्तोला तथा राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा सन्तोष पौडेलले चिनियाँ चिकित्सकसँग कोभिडसँग सम्बन्धित जिज्ञासा राखेका थिए ।

बिपी कोइराला स्मृति क्यान्सर अस्पतालका चिनियाँ चिकित्सक टोलीका प्रमुख डा लिउ लिउ, चीनबाट डा चाङ सिन ल्याङ, डा याङ्ग नान, डा. वाङ फैलगायतले कोभिडको उपचार र नियन्त्रणमा प्राप्त गरेको अनुभव एवं नेपाली विज्ञबाट प्राप्त जिज्ञासाको जवाफ दिएका थिए ।

चाइना मिडिया ग्रुपअन्तर्गत चाइना सेन्ट्रल टेलिभिजन, चाइना रेडियो इन्टरनेशनललगायतका चिनियाँ सञ्चारमाध्यम तथा नेपालको स्वास्थ्य मन्त्रालयको आधिकारिक वेभ पेजमा कार्यक्रमको प्रत्यक्ष प्रशारण गरिएको थियो ।