आईएमएस ग्रुपका अध्यक्ष मलहोत्राद्धारा पत्रकार महासंघलाई सात हजार मास्क हस्तान्तरण

आईएमएस ग्रुपका अध्यक्ष मलहोत्राद्धारा पत्रकार महासंघलाई सात हजार मास्क हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आईएमएस गु्रपका अध्यक्ष तथा नेपाल चेम्बर्स अफ कमर्शका उपाध्यक्ष दिपक मलहोत्राले नेपाल पत्रकार महासंघलाई सात हजार मास्क हस्तान्तरण गरेका छन ।

बुधबार रास्ट्रिय पत्रकारिता दिबसको अवसर पारेर मलहोत्राले आफ्नै कम्पनीबाट उत्पादित उक्त मास्क नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्य ,उपाध्यक्ष दिलिप थापा , महासचिब रमेस बिस्टलगायत पदाधिकारीको उपस्थितिमा पत्रकारहरुलाई सहयोगस्वरुप हस्तान्तरण गरिएको हो ।

मलहोत्राले आफ्नो कम्पनीबाट उत्पादित मास्क बिभिन्न अस्पताल,सुरक्षा निकाय ,सामाजिक कार्यकर्ता र पत्रकारहरुलाई निशुल्क वितरण गर्दै आईरहेका छन । विश्वव्यापी महामारी कोरोना भाइरसको कारण सारा विश्व संकटमा छ र सामाजिक दूरीलाई बढावा दिन सरकारको निर्देशन छ । अझै पनि पत्रकारहरु घरबाट बाहिर निस्कि आफ्नो कार्य र कर्तव्य गर्दै देशको सेवा गर्दैछन् ।

विश्वव्यापी महामारी सुरु भएदेखि नै मास्कको अभाव भएको थियो, आईएमएस ग्रुुपका अध्यक्ष दीपक मल्होत्राले कर्पोरेट सामाजिक उत्तरदायित्वको अंश पूरा गर्न पर्याप्त मात्रामा मास्क प्रदान गरेका छन् । मनका धनी मलहोत्राले अहिले ब्याबसाय गर्न भन्दा पनि सामाजिक कामका लागी मास्क कम्पनि सन्चालनमा ल्याएको बताए । उनले आफ्नो कम्पनीले दिनमा करिब ७० हजार मास्क उत्पादन गर्ने र शुरुका दिनमा उत्पादित मास्क सबै हस्पिटल लगाएतका क्षेत्रमा वितरण गरिदै आएको बताए ।

आफूहरुले मास्क उत्पादन सुरु गरेपछि बजारमा मास्कमा भैरहेको कालोबजारी पनि अन्त्य भएको उनले बताए । बजारमा छ्यापछ्याप्ती मास्क उपलब्ध हुदैछ अब मास्क नपाएर आत्तिनुपर्दैन मलहोत्राले भने । उक्त मास्क न्युन मूल्यमा पाइने समेत मलहोत्राले बताए ।

आइएमएस ग्रुपको बारेमा
आइएमएस ग्रुपका एक स्थानीय समूह हो जसको अन्तर्गत २० भन्दा बढी कम्पनिहरु छन् आईएमएस नेपालमा सामसङ्ग स्मार्टफोनको राष्ट्रिय वितरक हो । सन् १९९८ मा आधिकारिक रूपमा मोबाइल फोन आयात गर्ने यो नेपालको पहिलो कम्पनी हो । कम्पनीले विगत २७ बर्षमा विशाल उन्नती गरेको छ, जुन आईएमएस ग्रुपको कम्पनीहरूको संख्याबाट स्पष्टसँग देख्न सकिन्छ ।

कम्पनीले लक्जरी कोरियाली अटोमोबाइल ब्रान्ड साङ्योङ्गको डिलरसिप पनि प्राप्त गरेको छ र हालसालै नेपालका लागि डक्टरब्राउन, क्रेन, हिमालय, बीबी लभ, एनर्जाइजर र डीजिआइ जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको डिलरशिप पनि प्राप्त गरेको छ । यसले शिक्षा, बैंकि, निर्माण, कृषि र अन्य धेरैमा आफ्ना सेवाहरू विस्तार गरेको छ ।