उदयपुर, नेपालगञ्ज र वीरगंजमा कोरोनाको नमूना संकलन गर्न सेनाको टोली परिचालन

उदयपुर, नेपालगञ्ज र वीरगंजमा कोरोनाको नमूना संकलन गर्न सेनाको टोली परिचालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले कोरोना भाइरसको संक्रमित संख्याको आधारमा हटस्पट बनेको उदयपुर, नेपालगञ्ज र वीरगंजमा नमूना संकलनका लागि नेपाली सेनाको टोली परिचालन गरेको छ ।

कोरोनाको हटस्पट उदयपुर, नेपालगञ्ज र वीरगंजमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा नेपाली सेनासहितको टोली परिचालन गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले उदयपुरमा कम्तीमा ५ सय, नेपालगञ्ज र वीरगंजमा कम्तीमा एक÷एक हजार जनाको नमूना संकलन गर्नेगरी टोली खटाइएको बताए ।

वीरगंजमा बुधवार मात्रै २ महिने शिशुसहित १७ जनामा कोरोनाको संक्रमण देखिएको थियो । नेपालगञ्जमा २३ जनामा संक्रमण देखिएको छ । उदयपुरमा २८ जना संक्रमित छन् । बिहीबार भने नयाँ संक्रमित थपिएका छैनन् । कुल संक्रमित संख्या ९९ छ । जसमा २२ जना निको भएकोमा तीन जना व्यक्तिमा पुनः संक्रमण देखिएको छ ।