काठमाण्डु– हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल कोशी प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लागेको छ। तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतः सफा तथा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने तराईमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै, कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेससहित गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।
महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
आज राति पनि वर्षाको जोखिम कायमै रहनेछ। कोशी र मधेस प्रदेशसहित देशका हिमाली भूभाग तथा बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमका पहाडी भूभाग तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ।
राति कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
यसैगरी मधेस तथा कोशी, बागमती र गण्डकीका तराई भूभागका थोरै स्थानमा र लुम्बिनी तथा सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा समेत चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
कोशी र बागमतीका पहाडी भूभाग तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।




प्रतिक्रिया