नेकपालाई फुट र बिसर्जनको खतराबाट जोगाउनुपर्छः प्रवक्ता श्रेष्ठ

नेकपालाई फुट र बिसर्जनको खतराबाट जोगाउनुपर्छः प्रवक्ता श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीलाई बिसर्जनको खतराबाट जोगाउनुपर्ने बताएका छन् । नेकपाभित्र लामो समयदेखि विवाद चर्किँदै आएको छ ।

बिहीबार सामाजिक सञ्जालमार्फत प्रवक्ता श्रेष्ठले पार्टीलाई फुटबाट बचाउनका लागि जे गर्न पनि तयार हुनुपर्ने बताए ।

पार्टीलाई एक राख्नका लागि तत्कालीन कांग्रेसका सर्वोच्च नेताहरुले पार्टी त्याग गरेको प्रसंग उल्लेख गर्दै प्रवक्ता श्रेष्ठले फुटबाट पार्टी बचाउनका लागि गरिएको त्यागको उत्कर्ष भएको बताएका छन् ।

‘गणेशमानजी र किसुनजीले नेका एक राख्न पार्टी परित्यागसम्म गर्नुभयो।त्यो कदम ठीक थियो कि थिएन, बहस होला । तर, पार्टी बचाउन गरिएको त्यागको उत्कर्ष हो त्यो’, उनले भनेका छन्, ‘हामी पनि हाम्रो पार्टी लाई बचाउन जे गर्न पनि तयार हुनुपर्छ । तर पार्टी लाई फुटबाट मात्र होइन, बिसर्जनको खतराबाट पनि जोगाउनुपर्छ ।’