सेनाका प्रशिक्षार्थीको बम मिसफायर, खोजी कार्य जारी

सेनाका प्रशिक्षार्थीको बम मिसफायर, खोजी कार्य जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ – नेपाली सेनाका प्रशिक्षार्थीले सामुदायिक वनमा बम हराएका छन् । अर्जुनवाण गण घोडाबाँधेले ब्यारेक आसपास सामुदायिक वनमा बम हराएकाले प्रवेश नगर्न आग्रह गरेको छ ।

गत चैत १८ गते प्रशिक्षार्थीहरुलाई मोटर फाइरिङको अभ्यास गराउँदा २ इन्चको एचई बम मिसफायर भएको र नभेटिएकाले वनमा प्रवेश नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो ।

गणले हराएको बम खोज्ने काम भइरहेको पत्र काठेखोला गाउँपालिका तथा वडा कार्यालयलाई जानकारी दिएको छ । अभ्यासका क्रममा मिस फायर भएको बम हालसम्म भने विस्फोट नभएको गणले जानकारी दिएको छ ।