काठमाडौं – प्रहरीले सांसद सुरेन्द्र यादव अपहरण प्रकरणबारे छानबिन सुरु गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सासंद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनालविरुद्धको अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको हो ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले सांसद अपहरण प्रकरणबारे अुसन्धान थालिने बताएका छन् । उनले प्रहरीमा आएको उजुरीका विषयमा निष्पक्ष छानबिन गरिने जानकारी दिए ।
‘यो केस आज हामीकहाँ आएको छ । हामीले अनुसन्धान गर्छों’, उनले काठमाडौंपाटीसँग कुरा गर्दै भने ।
सरकारी वकिलको कार्यालयले महानगरीय प्रहरी परिसर काठमाडौंलाई सांसद सुरेन्द्र यादवले दिएको अपहरणसम्बन्धीको जाहेरी दर्खास्त पठाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो ।
प्रहरीले दर्ता गर्न अस्वीकार गरेपछि उनीहरु सरकारी वकिलको कार्यालय पुगेका थिए । त्यस्तै गत बिहीबार पुल्चोकस्थित मानव अधिकार आयोग पुगेर सांसद यादवले आफूलाई अपहरण गरेको भन्दै निवदेन दिएका थिए ।
पार्टी फुटाउने योजनासहित जनकपुरबाट अपहरण गरेर काठमाडौंको मेरियट होटलमा राखिएको थियो । तर गत बिहीबार बिहान उनी उक्त होटलबाट फुत्किएका थिए ।




प्रतिक्रिया