सेती अस्पताल कोरोना संक्रमित मुक्त, सबै संक्रमित डिस्चार्ज

सेती अस्पताल कोरोना संक्रमित मुक्त, सबै संक्रमित डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – धनगढीकी कोरोना संक्रमित महिला ३५ दिनको अस्पताल बसाई पछि अस्पतालबाट डिस्चार्ज भएकी छन । धनगढिस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेकी उनको दुई पटकसम्म गरिएको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार डिस्चार्ज गरिएको हो ।

धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय ति महिलाको छ पटक सम्म गरीएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ देखिदै आएको थियो ।

उनीसँगै भर्ना भएका दुई जना, अगाडि भर्ना भएका एक जना र उनीभन्दा पछाडि भर्ना भएकी एक जना गरी चार जना कोरोना संक्रमित भने यसअघि डिस्चार्ज भईसकेका छन् । योसंगै सुदूरपश्चिम प्रदेशमा पाँच जनामा कोरोना देखिएकोमा सबै ठिक भएर घर फर्किसकेका छन् ।