शक्तिको आडमा उपत्यका बाहिरिएका नागरिक भित्रिन थाले

शक्तिको आडमा उपत्यका बाहिरिएका नागरिक भित्रिन थाले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बन्दाबन्दीको समयमा उपत्यकाबाट ठूलो सङ्ख्यामा मानिस बाहिरी रहँदा पछिल्लो पटक उपत्यका भित्रिने क्रमसमेत बढेको देखिएको छ ।

यसअघि उपत्यका छाडेर घर जानेको तथ्याङ्क कुनै निकायसँग छैन । तथ्याङ्कको अभावमा बन्दाबन्दीको समयमा उपत्यका बाहिरिएका नागरिक शक्तिको आड वा लुकिछिपी पुनः भित्रिन थालेका छन् । कतिपय नागरिक विभिन्न नाकाबाट बिरामीको बहानामा एम्बुलेन्स मार्फत उपत्यका भित्रिन थालेका हुन् ।

लुकिछिपी उपत्यकाभन्दा बाहिरबाट उपत्यका भित्रिन थालेकाले व्यक्तिसँगै कोरोना भाइरस पनि भित्रिन सक्ने खतरा बढ्दै गएको कतिपयको भनाइ छ । यद्यपि काठमाडौँ उपत्यका अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित रहेको देखिएको छ । काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी) का अनुसार कतिपय उच्च ओहोदाका व्यक्तिले पनि आफन्तलाई उपत्यका बाहिर–भित्र गराइरहेको स्थानीयवासीको गुनासो छ ।

काठमाडौँ जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दरराज वैद्यले पछिल्लो दुई सातामा उपत्यका बाहिर गएका मानिस उपत्यका भित्रिन थालेकाले रोक्न गाह्रो भएको बताउनुभयो । उहाँका अनुसार सीएमसी काठमाडौँले एक साताको बीचमा भीमढुङ्गा, दक्षिणकाली, साँखु लगायतका उपत्यका प्रवेश गर्ने मुख्य नाकामा अनुगमन गर्दा लुकिछिपी उपत्यकामा आउने क्रम नरोकिएको पाइएको हो ।

उपत्यका प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा व्यवस्था कडा गर्न सुरक्षा निकायलाई सीएमसीले आग्रह गरे पनि भित्रिने ठाउँ खुला भएकाले रोक्न गाह्रो भइरहेको बताइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।