काठमाडौँ – कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि गरिएको बन्दाबन्दीले मेलम्ची खानेपानी आयोजनाको कामको तीव्रता प्रभावित भए पनि काम भने रोकिएको छैन । गत चैत ११ गते बन्दाबन्दी सुरु भएपछि दैनिक काम गर्ने मजदुरको सङ्ख्या ५३ प्रतिशत घट्यो ।
बन्दाबन्दी सुरु भएपछि कोरोना भाइरसको त्रासले स्थानीय मजदुरहरू घर फर्किए । जसले गर्दा लक्ष्यअनुसारको दैनिक काम प्रभावित भएको छ । मेलम्ची खानोपानी विकास समितिका अनुसार बन्दाबन्दीअघि दैनिक तीन सय मजदुरले काम गरिरहेका थिए तर हाल १४४ जनाले काम गररहेको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभययो ।
उहाँका अनुसार मेलम्चीको ग्याल्थुममा ४६ जना, सिन्धमा ३५ र सुन्दरीजलमा १५ जना नेपाली मजदुरले काम गरिरहेका छन् । ४८ जना चिनियाँ मजदुर रहेका छन् । हेडवक्समा २८ जना, सिन्धुमा १० र ग्याल्थुममा १० जना चाइनिज मजदुरहरूले काम गरिरहेका छन ।
मजदुरको सङ्ख्या घटेपछि काम ढिलो भएको छ । जसले गर्दा तोकिएको समयमा आयोजना सम्पन्न हँुदैन कि भन्ने आशङ्का बढेको छ तर पन्त भन्नुहुन्छ, “हालको अवस्थामा हेर्दा तोकिएको समयमै काम सकिन्छ बरु ठेकेदार कम्पनीले तीन महिनाअगावै सकेर जुन बोनस खाने लक्ष्यसहित काम गरेको थियो यो सम्भव नहोलाजस्तो छ तर काम सकिन्छ । यदि लकडाउन लम्बियो, निर्माण सामग्री र मजदुरको अभाव भयो भने भन्न सकिने कुरै भएन । ”
मेलम्ची आयोजनाको हालसम्मको अवस्था भने सन्तोषजनक नै रहेको समितिको दाबी छ । हेडवक्स र सुरुङ सम्पन्न गर्ने सम्झौता २०७७ माघ सम्म हो तर सरकारले भने तत्काललाई अस्थायी ड्याम बनाएर चालू आर्थिक वर्षभित्रै मेलम्ची पानी ल्याउने तयारी गरेको थियो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।




प्रतिक्रिया