नेपालको नियम-कानुन कडाइसाथ पालना गर्नुपर्छ : चिनियाँ दूतावास

नेपालको नियम-कानुन कडाइसाथ पालना गर्नुपर्छ : चिनियाँ दूतावास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ  – घर फर्कन माग गर्दै सिंहदरबारको मुख्य गेट अगाडि शुक्रबार धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच भएको घटनाबारे आफू जानकार रहेको नेपालस्थित चिनियाँ रादूतावासले जनाएको छ ।

नेपालमा रहेका चिनियाँ नागरिकहरूलाई नेपालको कानूनको कडाईका साथ पालना गर्न र आफ्ना औचित्य मागहरु तर्कसंगत व्यक्त गर्न समेत आग्रह गरेको छ। नेपाल प्रहरीसँग सम्पर्कमा रहेर छलफल गरिरहेको नेपालस्थित चिनियाँ दूतावासले शुक्रबार राति विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

प्रहरीमाथि आक्रमणमा उत्रिएका चार चिनियाँ नागरिकमाथि मुद्दा चलाउने तयारी भएपछि दूतावासले राति विज्ञप्ति जारी गरे घटनाबारे जानकार रहेको उल्लेख गरेको हो ।  स्वदेश फर्किन पाउनु पर्ने माग गर्दै सिंहदरबार अगाडि धर्ना दिएका नेपालमा रहेका केही चिनियाँ र प्रहरीबिच शुक्रबार झडप भएको थियो । शुक्रबार ३० जना भन्दा बढी चिनियाँ नागरिकले धर्ना दिएका थिए । प्रहरीले उनीहरुलाई पक्राउ गर्ने क्रममा झडप भएको हो ।

चीनले नेपालमा रहेका दुई सय भन्दा बढी आफ्ना नागरिकलाई बिहीबार स्वदेश लगेको थियो । तर जान नपाएकाहरुले चिनियाँ दूतावास र सिंहदरबार अगाडि प्रदर्शन गरेका हुन् ।