काठमाडौं – आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी साधन चलाउन ‘टाइम कार्ड’ लागू हुने भएको छ । सरकारले लकडाउनलाई केही खुकुलो बनाउने नीति ल्याएसँगै आईतबारदेखि विभिन्न प्रयोजनका लागी तोकिएको समयभित्र सवारी साधन सञ्चालन गर्न पाइने महानगरीय ट्राफिक महाशाखा प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी लगायतका सरोकारवाला निकायहरूबीच भएको छलफलले सवारी सञ्चालनमा ‘टाइम कार्ड’ लागू गर्ने निर्णय गरेको हो । गाडी चलाउन पाइने भनेर सबै गाडी चलाउन पाइने हैन, गाडी चलाउन त कडा नै हुन्छ । निर्माण सामग्री बोकेका ठूला ट्रकहरु, अस्पताल, बित्तिय संस्था, बैंक, सरकारी कार्यालयमा काम गर्ने कर्मचारीलाईहरुलाई समय तालिका अनुसार दिने निर्णय भएको छ ।’
सरकारी कार्यालयलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म र घर फर्कन बेलुकी ५ बजेदेखि ६ बजेसम्म समय निर्धारण गरिएको ढकालले जानकारी दिए। यस्तै बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरूका लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्कनु पर्नेछ ।
त्यस्तै, खाद्यान्न, तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभित्र ढुवानी गरिसक्नुपर्नेछ ।खानेपानी तथा औषधिका सवारी साधानको हकमा भने टाइम कार्ड लागू भएको छैन् । निमाण सामग्री बोकेका ठूला सवारीलाई बेलुका ८ बजेपछि मात्र बिहान ६ बजेसम्म उपत्यकाभित्र प्रवेश गर्न पाउनेछन् ।




प्रतिक्रिया