जुवातास खेल्दाखेल्दै १२ जना पक्राउ

जुवातास खेल्दाखेल्दै १२ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले कैलाली र झापामा जुवातास खेल्दाखेल्दै १२ जनालाई पक्राउ गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–४ शिव पुरीधाम बस्ने ५२ वर्षीय गणेश खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा गणेश समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ५१ हजार ८७५ रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको छ ।

झापाको मेचीनगर नगरपालिका–१ तिरिङ खोलास्थित गाई गोठमा जुवातास खेलिरहेको अवस्थामा मेचीनगर नगपालिका–४ बाहुँनडागी बस्ने ५८ वर्षीय भवनी प्रसाद गुरागाई समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापा समेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४४ हजार ३५५ रूपैयाँ र ७ बुक ताससहित पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।