नेपाली भूमिमा भारतको सडक: संसदीय समितिमा छलफल हुने

नेपाली भूमिमा भारतको सडक: संसदीय समितिमा छलफल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – छिमेकी मुलुक भारतले नेपालको भू–भाग भनेर जान्दाजान्दै लिपुलेक क्षेत्रमा सडक निर्माण गरेकोमा संसद्देखि सडकसम्म विरोध भएको छ ।

भारतले गएको वर्ष आफ्नो प्रशासनिक नक्सा सार्वजनिक गर्दा नेपाली भू–भाग लिपुलेक र लिम्पियाधुरा आफ्नो भू–भागमा पारेको विषयमा नेपालले आपत्ति जनाइरहेका बेला उसले गल्ती सच्याउनुको साटो त्यहाँ सडक नै निर्माण गर्ने घोषणा गरेको छ ।

भारतका गृहमन्त्री राजनाथ सिंहले गएको शुक्रबार नेपाली भूमि लिपुलेक कालापानी हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन गरेपछि विवाद थप चुलिएको हो ।

यस विषयले यतिखेर व्यापकरूपमा सामाजिक सञ्जाल, सडकदेखि सरकारसम्म तातेको छ । सरकारको पराराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै कडा आपत्ति जनाइसकेको छ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले यसप्रति विशेष चासो राख्दै छलफलका लागि मन्त्रीहरूलाई बोलाएको छ । यो समाचार आजको समाचारपत्र दैनिकमा छ ।