चिनियाँ मिडियाले लेख्योः सगरमाथा चीनमा पर्छ !

चिनियाँ मिडियाले लेख्योः सगरमाथा चीनमा पर्छ !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चिनियाँ एक सञ्चारमाध्यमले विश्वको अग्लो शिखर सगरमाथा चीनमा पर्ने उल्लेख गरेको छ । चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) ले सामाजिक सञ्जाल ट्वीटरमा सगरमाथा चीनमा पर्ने उल्लेख गरेको छ ।

सीजीटीएनले सगरमाथाका केही तस्वीर सार्वजनिक गर्दै सगरमाथालाई चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने विश्वको सर्वोच्च शिखर भनेर उल्लेख गरेको छ ।

शुक्रबार खिचिएको उक्त तस्बीरमा चाइना मोबाइल र हुवावे कम्पनीले सगरमाथाको तिब्बतर्फको पाखोमा फाइभ जी इन्टरनेटको बेस स्टेसन देखाइएको छ । ‘सगरमाथा चीनको तिब्बत स्वायत्त क्षेत्रमा अवस्थित विश्वको सर्वोच्च शिखर हो’, क्याप्सनमा भनिएको छ ।

https://twitter.com/CGTNOfficial/status/1256548993447886848