कालापानीमा रक्षामन्त्रीको तीर्थयात्रा थियो ?: गगन थापा

कालापानीमा रक्षामन्त्रीको तीर्थयात्रा थियो ?: गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले नेपालको एक इञ्च मात्र भूमि तलमाथि गरेमा पनि छाड्दैनौं भनेर भारतलाई स्पष्ट रूपमा भन्न सरकारसँग आग्रह गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले केही महिनाअघि उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कालापानी–लिपुलेक क्षेत्रको अवलोकन गरे कि तीर्थयात्रा भनेर प्रश्न गरेका छन् ।

‘केही समयअगाडि रक्षामन्त्रीले त्यो ठाउँ (कालापानी क्षेत्र)को अवलोकन गर्नुभएको थियो, के त्यो तीर्थयात्रा थियो ? थिएन भने उहाँले सरकारलाई के बताउनु भयो, र सरकारले यो बीचमा के काम गर्‍यो ?’ उनले प्रश्न गरे ।

भारतको दादागिरीको प्रतिरोध गर्न कांग्रेस तयार रहेको थापाले बताए । ‘भारतको दादागिरी र चीनको न्यायो सहयोगको प्रतिरोध गर्न नेपाली कांग्रेस र सिंगो नेपाली जनता तयार छ,’ उनले भने, ‘सरकारले हामीबाट के अपेक्षा गरेको हो, हामी जान्न चाहन्छौं ।’