नेपाललाई चीनले दियो स्वास्थ्य सामाग्री

नेपाललाई चीनले दियो स्वास्थ्य सामाग्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चीनले नेपाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई मेडिकल सामग्री हस्तान्तरण गरेकी हुन् ।

चीनले नेपाललाई दिएका स्वाथ्य सामग्रीमा ४० हजार पीसीआर टेस्ट कीट, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख, डिस्पोजेबल कभरल १० हजार थान रहेका छन् ।

हतान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले चीनले सधैं नेपाललाई अप्ठ्यारो परेका बेला सहयोग गर्दै आएको र आपतमा सहयोग गर्ने नै असल छिमेकी भएको भन्दै चीनको प्रशंसा गरे ।

त्यसैगरी स्वास्थ्य सामग्ररी हस्तान्तरण गर्दै राजदूत यान्छीले केही महिना पहिला चीनलाई संकट पर्दा नेपालले सहयोग गरेको र नेपाललाई पनि सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । उनले नेपालको संकटमा चीन सदैव साथ रहेको बताइन् ।