प्रधानमन्त्री ओलीद्वारा मनमोहन सिंहको स्वास्थ्य लाभको कामना

प्रधानमन्त्री ओलीद्वारा मनमोहन सिंहको स्वास्थ्य लाभको कामना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार साँझ एक ट्विट गर्दै भनेका छन्, ‘भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना भएको भन्‍ने थाहा पाएँ । म उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

पूर्व प्रधानमन्त्री सिंहलाई आइतबार राति राजधानी नयाँ दिल्लीस्थित अल(इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) अस्पतालमा भर्ना गरिएको थियो ।

उनको छातीमा समस्या भएपछि अस्पताल भर्ना गरिएको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन् ।