कोरोनाविरुद्ध सरकारले निक्कै राम्रो काम गर्यो: गोकुल बाँस्कोटा
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोकुल बाँस्कोटाले कोरोनाविरुद्ध सरकारले राम्रो काम गरेको भन्दै तारिफ गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वससञ्चारमन्त्रीसमेत रहेका बाँस्कोटाले कोरोनाविरुद्ध महाशक्ति राष्ट्रहरु कमजोर भइरहँदा नेपालमा एक जना मानिसलाई पनि क्षति नपुगेको भन्दै सरकारलाई धन्यवाद दिनुपर्ने बताए ।
उनले सरकारले राम्रो गर्यो भनेर बोल्नु महापाप हुने विचित्रको चलन रहेको भन्दै सरकारको आलोचाना गर्नेहरुलाई व्यंग्य पनि गरे ।
‘सरकारले राम्रो गर्यो भनेर बोल्नु अपराध हुन्छ । तर, पनि म बोल्छु कोरोनाविरुद्ध सरकारले निक्कै राम्रो काम गरेको छ, ’ सांसद बाँस्कोटाले भने ।