नेपाली शासकले भारतसँग आँखा जुधाएर कुरा गर्ने साहस गुमाएः शेरबहादुर तामाङ

नेपाली शासकले भारतसँग आँखा जुधाएर कुरा गर्ने साहस गुमाएः शेरबहादुर तामाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद शेरबहादुर तामाङले नेपाली शासकले सीमा विवादबारे भारतसँग आँखा जुधाएर कुरा गर्ने साहस गुमाइसकेको टिप्पणी गरेका छन् ।

पूर्वकानुनमन्त्रीसमेत रहेका तामाङले सामाजिक सञ्जालमा दुई देशबीचको सीमा विवाद र असमान सन्धिहरूको विषयमा कुरा गर्न सक्ने नैतिक आधार कुनै न कुनै रूपमा गुमाइसकेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘नेपालका समकालीन शासक, प्रशासकहरूले छिमेकी भारतसँग आँखामा आँखा जुधाएर सम–उचाइमा बसेर दुई देशबीचको सीमा विवाद र असमान सन्धिहरूको विषयमा कुरा गर्न सक्ने नैतिक आधार कुनै न कुनै रूपमा गुमाइसकेका छन् ।’