द्वन्द्वपीडितका लागि राहतका कार्यक्रम ल्याइने : मन्त्री मगर

द्वन्द्वपीडितका लागि राहतका कार्यक्रम ल्याइने : मन्त्री मगर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर– दशक लामो द्वन्द्वका क्रममा पीडित भएका नागरिकको घाउमा मलम लगाउने गरी सरकारले राहतको कार्यक्रम ल्याउने खानेपानी मन्त्री बिना मगरले बताएकि छिन् ।

बेलौरी नगरपालिकाका शहीद तथा बेपत्ता पारिएका परिवारजनलाई साइकल हस्तान्तरण एवं द्वन्द्वपीडित परिवारका सदस्य सम्मान कार्यक्रममा मन्त्री मगरले आफूलाई समेत माओवादी पार्टीले शहीद घोषणा गरी श्रद्धाञ्जलि दिइसकेको स्मरण गर्दै मृत्युकुण्डबाट नयाँ जीवन लिएर आएको बताईन् ।

उनले नेकपा (माओवादी केन्द्र) शहीदकै रगतको टीका लगाएर यहाँसम्म पुगेको बताउँदै अब त्यस्तो अवस्था सिर्जना हुन नदिन वाम गठबन्धन गर्नुपरेको बताईन् । निर्वाचनका क्रममा जनतासँग गरेका सबै वाचा पूरा गर्न आफू आतुर रहेको बताईन् ।

सो अवसरमा मन्त्री मगरले नगरपालिकाभित्र रहेका ५७ जना द्वन्द्वपीडित परिवारका सदस्यलाई साइकल हस्तान्तरण गरेकि थिईन् ,