सप्तकोसीमा जेटबोट दुर्घटना हुँदा ३ जनाको मृत्यु

सप्तकोसीमा जेटबोट दुर्घटना हुँदा ३ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – भोजपुरको कोप्चेबाट सुनसरीको बराह क्षेत्रतर्फ यात्रु लिएर आउँदै गरेको जेटबोट सप्तकोसी नदीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी केही यात्रु घाइते भएका प्रहरी चौकी त्रिवेणीका प्रमुख अनिल परियारले जानकारी दिए ।

बोटमा १४ जना यात्रु सवार थिए । बोट गुडिरहेकै अवस्थामा अचानक इन्जिन बन्द भएपछि दुर्घटना भएको जनाइएको छ । इन्जिन रोकिएपछि नदीको तीव्र बहावले नियन्त्रणबाहिर पुर्‍याएको बोट किनारको भित्तामा गएर ठोक्किएको थियो । भित्तामा ठोक्किएलगत्तै बोट नदीमा डुबेको थियो ।

दुर्घटनालगत्तै स्थानीय र सुरक्षाकर्मीको टोलीले उद्धार गरेका थिए । उद्धार गरिएका घाइतेलाई उपचारका लागि नजिकैको अस्पताल पठाइएको छ ।