नारायणी अस्पतालको आइसोलेसनबाट दुई जना कोरोना संक्रमित फरार

नारायणी अस्पतालको आइसोलेसनबाट दुई जना कोरोना संक्रमित फरार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं – वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित व्यक्ति आइसोलेसन कक्षबाट फरार भएका छन् ।अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका दुई जना बुधबार फरार भएका हुन् ।

अस्पतालको आइसोलेसन कक्षबाट राजनाथ यादव र असफर हवारी भन्ने दुईजना फरार भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।उनीहरूको अहिले खोजीकार्य भइरहेको छ। फरार भएकाहरु पर्साकै भएको बताइएको छ ।