तत्काल एमसीसी पास गर्नुपर्छः सभापति देउवा
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न सरकारलाई सुझाव दिएका छन् ।
बालुवाटारमा जारी सर्वदलिय बैठकमा पूर्वप्धानमन्त्रीसमेत रहेको देउवाले एमसीसीमा कुनै विवाद नरहेकाले तत्काल सदनबाट पास गराउनुपर्ने बताएका छन् ।
उनले भने, ‘सरकार अविछिन्न उत्तराधिकारी हुने भएकोले अघिल्लो सरकारले गरेको निर्णय कार्यान्वयन नगर्ने भन्ने हुँदैन । अघिल्लो सरकारले गरेको सम्झौता अनुसार नै एमसीसी पास गरिनुपर्छ ।’
सत्तारुढ दल नेकपाभित्र एमसीसी परिमार्जनसहित पास गर्नुपने आवाज उठिरहेका बेला सभापति देउवाको यस्तो भनाई बाहिर आएको हो ।