नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु


काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा सरकारले सरकारले ल्याउन लागेको वार्षिक नीति तथा कार्यक्रमबारे छलफलमा केन्द्रित रहेको बताइएको छ ।

सरकारले आज दिउसो निती तथा कार्यक्रम प्रस्तुत गर्ने भएपछि तयारी र एजेण्डा तय गर्न बैठक बस्न लागेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले जानकारी दिए । वैठकले स्थायी समिति वैठकका ऐजेण्डाबारे समेत छलफल गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement