पर्सामा कोरोना संक्रमित भागे प्रहरीलाई गोली हान्ने अधिकार


काठमाडौं – पर्सामा प्रहरीले अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई गोली समेत चलाउने अधिकार पाएको छ ।

बुधबार संकट व्यवस्थापन केन्द्रको बैठकले सुरक्षाकर्मीहरूलाई अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई गोली हान्ने अधिकार दिएको पर्साका एसपी गंगा पन्तले जानकारी दिइन् ।

बुधबार वीरगञ्चस्ति नारायणी उपक्षेत्रिय अस्पतालमा भर्ना भएका २ जना कोरोना संक्रमित भेन्टिलेसन तोडेर फरार भएका थिए । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement