कोरोनाबाट हुने मानवीय क्षति रोक्न सरकारले सशक्त प्रयास चाल्छ: प्रधानमन्त्री ओली

कोरोनाबाट हुने मानवीय क्षति रोक्न सरकारले सशक्त प्रयास चाल्छ: प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणबाट हुने मानवीय क्षति रोक्न सरकारले सशक्त बनाउने बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत कोरोना भाइरसको संक्रमणबाट हुने मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने बताएका हुन् ।

सिन्धुपाल्चोकमा एक जना सुत्केरीको कोरोनाबाट मृत्यु भएपछि प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका छन् ।

‘कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ । मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु’, उनले भनेका छन्, ‘यस महामारीबाट अरू मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने छ ।’