ट्राफिक प्रहरीलाई शिखर ईन्स्युरेन्सको स्वास्थ्य सामग्री सहयोग

ट्राफिक प्रहरीलाई शिखर ईन्स्युरेन्सको स्वास्थ्य सामग्री सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना महामारीको रोकथाम र नियन्त्रणमा जुटिरहेका ट्राफिक प्रहरीलाई शिखर ईन्स्युरेन्स प्रा.लि.ले स्वास्थ्य सामाग्री प्रदान गरेको छ । महाशाखामा आज एक कार्यक्रमवीच शिखर ईन्स्युरेन्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसादढकाललाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

महाशाखा प्रमुख ढकालले कोरोना भाइरसको जोखिमबाट बच्न नेपाल सरकारले लागू गरेको लकडाउनलाई कडाईका साथ पालना गराउन अग्रपङ्तिमा रही आम नागरिकको सेवा र सुरक्षामा सक्रिय रूपमा खटिएको ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्रीले कोरोना संक्रमणको जोखिमबाट बच्नको लागि महत्वपूर्ण भुमिका खेल्ने बताए ।

उनले यस बिषम परिस्थितीमा ट्राफिक प्रहरीलाई थप हौसला प्रदान गर्न शिखर ईन्स्युरेन्स प्रालिले गरेको सहयोग एवम् सदभाव प्रति विशेष धन्यवाद दिए । कार्यक्रममा प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत पाण्डेले माहामारीको यस घडीमा नागरिकको सेवामा अहोरात्र खटिने ट्राफिक प्रहरीलाई संक्रमणको जोखिमबाट बच्न र काम गर्ने मनोबल थप उच्च हुने बिश्वासका साथ स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

आगामी दिनमा पनि ट्राफिक प्रहरीलाई यस्तै सहयोग एवम् सहकार्य गरी अगाडि बढ्न प्रा.लि. तत्पर रहेको उनले उल्लेख गरे । दैनिक सडकमा खटिँदा ट्राफिक प्रहरीले सवारी चेकजाँच गर्दा बिभिन्न किसिमका चालकहरुसँग भेट हुने भएकोले उनीहरु बढी संक्रमणको जोखिममा हुन्छन। कोरोना भाइरसको जोखिम न्युनिकरण गर्नका लागी महाशाखाले निरन्तर रुपमा मास्क, सेनिटाइजर, पिपिई, फेस सिल्ड, पञ्जा लगायतका सामाग्री बितरण गर्नुको साथै सामाजिक दुरी कायम गर्दै सुरक्षित रहन निरन्तर निर्देशन एव ब्रिफिंग समेत गरिरेको छ ।

कार्यक्रममा प्रहरी उपरिक्षकहरु, प्रहरी नायव उपरीक्षक, प्रहरी अधिकृतहरु तथा शिखर ईन्स्युरेन्स प्रा.लि.का पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठका अनुसार उक्त ईन्स्युरेन्स प्रा.लि.बाट KN95 Mask १५०० थान, मेडिकल मास्क ५,००० पिस, चस्मा १५०० थान, फेस सिल्ड (भाईजर) १५०० थान, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री महाशाखालाई प्राप्त भएको छ ।