नीति कार्यक्रमले ‘समृद्ध नेपाल सुखी नेपाली’ हासिल गर्ने आकाङ्क्षा राखेको छ: महासचिव पौडेल

नीति कार्यक्रमले ‘समृद्ध नेपाल सुखी नेपाली’ हासिल गर्ने आकाङ्क्षा राखेको छ: महासचिव पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको नीति कार्यक्रमले तत्कालीन लक्ष्यसहित सरकारको दीर्घकालीन लक्ष्यलाई अनुसरण गरेको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार सङ्घीय संसदमा पेश गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै उनले नीति कार्यक्रम कोभिड–१९ ले सिर्जना गरेको चुनौती सामाना गर्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’ निर्माण गर्ने राष्ट्रिय आकाङ्क्षासहित आएको बताए । उनले आगामी आर्थिक बर्षमा कृषि उत्पादनमा महत्वपूर्ण योगदान गर्ने र प्रदेश नं २ को मुहार बदल्ने सुनकोशी–मरिन–बागमती डाईभर्सन आयोजनाको निर्माण कार्य आरम्भ गर्ने तत्परता निकै नै महत्वपूर्ण रहेको उल्लेख गरे ।

सांसद पौडेलले अन्तरदेशीय तथा अन्तरराष्ट्रिय आबद्धताका दृष्टिले असाधारण महत्व राख्ने र नेपाली अर्थतन्त्रको जीवन रेखा सावित हुने हैसियतका वीरगञ्ज–काठमाडौँ, केरुङ–काठमाडौँ तथा पूर्वपश्चिम रेलमार्गको निर्माण कार्य आगामी वर्षभित्र प्रारम्भ गर्ने अठोट महत्वपूर्ण भएको स्पष्ट पारे । उनले तमोर–चिसाङ, माडी–दाङ र कालीगण्डकी–तिनाउ डाइभर्सन जस्ता आयोजनालाई अघि बढाउने तत्परता नै विशेष प्रकृतिको भएकाले स्रोतको व्यवस्थापन गरेर बूढीगण्डकी, पश्चिम सेती जस्ता जलविद्युत् आयोजनालाई अघि बढाउनु उत्तिकै महत्वपूर्ण रहेको धारणा राखे ।

नेकपाका सांसद महेश बस्नेतले नीति कार्यक्रमले सरकारको समृद्धिको योजनालाई सम्बोधन गरेको भन्दै नीति कार्यक्रमको सार पक्षमा नगई विरोध गर्नुको कुनै अर्थ नभएको बताए । सोही दलका विशाल भट्टराईले नेपाली भूमि समेटेर तत्काल नक्सा सार्वजनिक गर्न माग गरे । निर्धक्क भएर अगाडि बढ्न सरकारलाई आग्रह गर्दै उनले नीति कार्यक्रमको समर्थन गरे ।