काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । सोमबार राती १८ जना थपिएपछि कोरोना संक्रमितको संख्या ३७५ पुगेको हो । यसअघि सोमबार बिहान नौ र दिउँसो ५३ जना कोरोना संक्रमित थपिएका थिए ।
अहिले पछिल्लोपटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगञ्ज र कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणअनुसार नयाँ संख्या पुष्टि भएको हो ।
धनुषाका २ जना पुरुष, खोटाङका एक जना पुरुष, बाँके नरैनापुरका १२ जना पुरुष, दैलेख आठबिसकोटका १ जना पुरुष, सुनसरीका एकजना पुरुष र झापाका एकजना पुरुषमा कोरोना देखिएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट निको हुनेको संख्या ३६ पुगेको छ भने दुई जनाको मृत्यु भएको छ ।





प्रतिक्रिया