बुढीगण्डकी बाढी : जगत इलाकाबाट ६ जनाको उद्धार

बुढीगण्डकी बाढी : जगत इलाकाबाट ६ जनाको उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीपछि पहिरोको जोखिममा परेका ६ जनाको उद्धार गरिएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का अनुसार बुढीगण्डकी क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाको टोली हवाई तथा स्थलमार्गबाट परिचालन गरिएको थियो।

सोही क्रममा पहिरोको उच्च जोखिममा रहेको जगत् इलाकाबाट ६ जनालाई सुरक्षित स्थानमा उद्धार गरिएको हो।

बाढी प्रभावित क्षेत्रमा थप उद्धार तथा खोजी कार्यका लागि काठमाण्डुमा रहेको कम्पोजिट क्विक रियाक्सन टिमलाई समेत हवाई माध्यमबाट परिचालन गरिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।

बुढीगण्डकी प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकप्टरसमेत परिचालन गरिएको उनले बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘बुढीगण्डकी नदीमा आएको बाढीपश्चात् खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिई पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरिएको छ । काठमाण्डुमा रहेको composite quick reaction team समेत हवाई साधनबाट उक्त इलाकामा तैनाथ भएको छ । बुढि गण्डकी प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षित स्थानान्तरणको लागि हेलिकप्टर परिचालन गरिएका छन् ।’