अनेरास्ववियू इलामले मोदीलाई पठायो रगतले लेखेको पत्र

अनेरास्ववियू इलामले मोदीलाई पठायो रगतले लेखेको पत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियू इलामले सीमा अतिक्रमणविरुद्ध भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई रगतले लेखेको पत्र पठाएको छ ।

विद्यार्थीहरूले नेपालको लिपुलेक, लिम्पियाधुरा, कालापानी, सुस्ता,महेसपुर, सन्दकपुर, पशुपतिनगरलगायतका भुभाग भारतले अतिक्रमण गरेकोमा आपत्ति प्रकट गर्दै मोदीलाई आफ्नो रगतले लेखिएको पत्र पठाएको अनेरास्ववियूले जनाएको छ ।

पत्रमा इलामका नौ युवाले हस्ताक्षर गरेका छन् । यस अघि इलाम र पाँचथरका नेपाल विद्यार्थी संघले भारतले हस्तक्षेप गरेको इलाम र पाँचथरको सीमानामा रहेको आहाल गैरीमा पुगेर नेपालको झण्डा गाड्दै सीमा अतिक्रमणको विरोध गरेका थिए ।