सशस्त्रका नक्कली डिएसपी प्रहरीको फन्दामा, उच्च अधिकृतको पिए भन्दै सिडियोलाई दिन्थे यस्तो आदेश

सशस्त्रका नक्कली डिएसपी प्रहरीको फन्दामा, उच्च अधिकृतको पिए भन्दै सिडियोलाई दिन्थे यस्तो आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी नायव उपरीक्षक भएको भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाण्डौं तारकेश्वर नगरपालिका वडा नं. ३ बस्ने ४५ बर्षिय राजकुमार चापागाई रहेका छन् । जग्गाको कारोवार समेत गर्ने चापागाईलाई प्रहरीको अपराध महाशाखाको टोलीले पेप्सीकोलाबाट पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी दिपक थापाकाअनुसार उनले बिभिन्न ब्यक्तिहरुलाई स्वास्थ्य मन्त्रालयको खरिदार , रिसेप्सनिष्ट, सहायक लेखापाल जस्ता महत्वपुर्ण पदमा जागिर लगाई दिन्छु भनेर ठगि गर्दै आएका थिए । चापागांईलाई सम्झना के.सी भट्टराईसंग एक लाख बिस हजार लिदै गर्दाको अबस्थामा विहिवार पक्राउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको अपराध महाशाखाले जनाएको छ ।

उनले यसअघि नै निलिमा महर्जन र आकृती डंगोलसंग प्रतिव्यक्ति २ लाखको दरले जम्मा ४ लाख ठगी गरेको कसूरमा नख्खु कारागारमा ४ बर्ष कैद भुक्तान गरेको अनुसन्धानको क्रममा खुलेको छ । चापागांइले आफुलाई प्रहरीको उच्च अधिकृत हुं भनी बिभिन्न ब्यक्तिहरुलाई धम्क्याउने गरेको समेत अनुसन्धानका क्रममा देखिएको एसएसपी थापाले बताए ।

प्रहरीले निजको साथबाट उनकै फोटो टासिएको राम बहादुर थापा नामको सशस्त्र प्रहरी नायव उपरीक्षकको नक्कली परिचय पत्र समेत फेला परेको छ । आफू विभिन्न उच्च पदस्थ अधिकारीको पिए रहेको बताउंदै कारागार तथा सिडिओ कार्यालयहरुमा फोन गर्दै कैदीलाई रिहा गर्न समेत आदेश दिने गरेको अनुसन्धानबाट खुलेको छ।

यसैगरी खोटाङ ऐसेलुखर्क बाकाचौलाकी मुना पाण्डेलाई जागिर लगाइदिन्छु भनेर २ लाख समेत लिएको पाइएको छ। आर्मी स्कूलमा बच्चा भर्ना गराइदिन्छुदेखि सवारी चालक अनुमति पत्र लाइसेन्स समेत बनाइदिन्छु भन्दै उनले ठगी गर्ने गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका चापागांईको साथबाट प्रहरीले डिएसपीको नक्कली परिचय पत्र, खरिदारको नक्कली परिचलपत्र २ थान, बा ९० प ९५५५ नम्बरको स्कुटर १ थान, नोकिया मोबाइल १ थान, सिमकार्ड ३ थान, विभिन्न व्यक्तिहरुको पासपोर्ट साइजको फोटो १० थान र १ लाख २० हजार नगद बरामद गरेको छ ।