काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको उपसभापति र महामन्त्री पदको ३ हजार ४३५ मत गणना भएको छ ।
हालसम्मको मतगणनामा उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले फराकिलो अग्रता लिएका छन् ।
केन्द्रीय उपसभापति (खुला) मा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६८६, ई. मधु आचार्यले १ हजार ९०, सुरेन्द्रराज पाण्डेले ९५५, गोविन्द भट्टराईले ९४१, धनराज गुरुङले ७१९, दीपक गिरीले ४९७, प्रा.डा. चन्द्रमोहन यादवले २९९ मत पाएका छन् ।
केन्द्रीय उपसभापति (समावेशी) मा बिनोदकुमार चौधरीले ८९६, जीवन परियारले ८२९, फरमुल्लाह मंसुरले ४६९, रंजीत कर्णले २७० र सीता गुरुङले २५१ मत पाएका छन् ।
केन्द्रीय महामन्त्री (खुला) मा प्रदीप पौडेलले २ हजार ५५, उदयशमशेर राणाले १ हजार १५९, डा. सुनिलकुमार शर्माले ९३४, अमरसिंह पुन मगरले ८१९, गुरुराज घिमिरेले ६७८, नैनसिंह महरले ४२८, शंकर तिवारीले ८२ र डा. सन्तोष उपाध्यायले ४९ मत पाएका छन् ।
केन्द्रीय महामन्त्री (महिला) मा डा. डिला संग्रौला (पन्त) ले १ हजार ५१७, महालक्ष्मी उपाध्याय (डिना) ले १ हजार ३९८ र रीता खनालले ३६५ मत पाएका छन् ।
मतगणना जारी छ ।



प्रतिक्रिया