काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईलाई आपत्तिजनक भाषा प्रयोग गर्दै गाली गरेका छन् ।
नेकपामाथि आस्था राख्ने लाखौ विद्यार्थीका नेता महरले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका नेता डा बाबुराम भट्टराईविरुद्ध आपत्तिजनक भाषा प्रयोग गर्दै गाली गरेका हुन् ।
पटक पटक सामाजिक सञ्जाल र अन्य औपचारिक कार्यक्रममा समेत विपक्षीप्रति तल्लोस्तरको भाषाशैलीका साथ आलोचनामा उत्रिने उनले पूर्वप्रधानमन्त्री डा. भट्टराईलाई श्रद्धाञ्जली दिएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा भट्टराईको आलोचना गर्दै श्रद्धाञ्जली दिएका हुन् । ‘धेरै पढे विद्धान हुन्छ, विद्धान बिग्रे बाबुराम हुन्छ भन्थे पुष्टि हुँदैछ। यी गद्दार दलाल राष्ट्रघातीलाई हार्दिक श्रद्धाञ्जली !’ उनले फेसबुकमा लेखेका छन् ।
बाबुरामलाई यसरी आपत्तिजनक टिप्पणी गरेपछि धेरैले महरको आलोचना गर्दै प्रतिक्रिया दिएका छन् । अत्यधिक आलोचना भएपछि उनले आफ्नो फेसबुकमा अभिव्यक्ति सच्याएका त छन् तर उनको बौद्धिकता र चेतना स्तरमाथि भने टिप्पणी गर्ने क्रम रोकिएको छैन ।
भट्टराईले शनिबार बिहान कोरोनाविरुद्धको लडाइमा सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको आशयसहित टिप्पणी गरेका थिए । उनले नेकपाभित्र ओली समूहमा विवेकहीन मान्छे भएको भन्दै लाखौ श्रमिकले दुःख पाएर स्वदेश फर्किँदा कोरोनाको परीक्षण समेत हुन नसकेको बताएका थिए ।
नेकपाको ओली गुटभित्र विवेक भएका मान्छे बाँकी छैनन्? विदेशमा काम गर्ने लाखौं श्रमिक स्वदेश फर्किरहेछन्;तिनको परीक्षण/व्यवस्थापन हुन सकेको छैन।अरिंगाल सेनालाई प्रतिपक्षीको खेदो खन्नु सट्टा मौरी सेनामा बदलेर कोरोना विरूद्ध लडाईंमा लाउन सकिन्न? मान्छे नरहे पहाड मात्रले राष्ट्र बन्ला? pic.twitter.com/vj0Uq3YmdK
— Baburam Bhattarai (@brb1954) May 23, 2020





प्रतिक्रिया