काठमाडौं – शनिबार फेरि थप रुपन्देही, कपिलवस्तु र दाङका ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसीआर परीक्षणमा सात जनामा कोरोना पोजेटिभ देखिएको हो ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९१ पुगेको छ ।
सात जनामध्ये दाङ घर भएका ३३ वर्षका पुरुष गुल्मी मदानेका कोरोना संक्रमितको घरमा कोठा भाडामा बस्दै आएका व्यक्ति हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो ३६ जना र बिहान ३२ जनामा संक्रमण पुष्टि भएको थियो । साँझ फेरि ७ जनामा कोरोना संक्रमित थपिएका हुन् ।
रुपन्देहीको गैडहवामा- ३, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिए ।




प्रतिक्रिया