काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका काठमाडौं जिल्ला अध्यक्ष गोविन्द विष्टले अनेरास्ववियूका संयोजक ऐन महरको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
संयोजक महरले विप्लव नेतृत्वको नेकपालाई सत्तारुढ दल नेकपा जनतामा स्थापित हुन थालेपछी बढ्दो लोकप्रियताबाट अत्तालीएको आरापको अध्यक्ष विष्टले खण्डन गरेका हुन् ।
आइतबार एक विज्ञप्ति जारी गर्दै विष्टले ले महरलाई सरकारले गरेको गतिविधिबारे प्रश्न उठाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘हत्याहिंसाको माध्यमबाट समाजलाई आतंकित पारेको आरोप जो उनले लगायका छन् । जेठ ७ गते भोजपुरमा तिर्थराज घिमिरेको हत्या कसले गरेको हो ? कुमार पौडेलको हत्या कसले गरेको हो ? निर्मला पन्तको बलत्कार पछि हत्या गरिदा बिरोधमा उत्रिएका ज्ञद्ध बर्से बिध्यार्थी सनिको हत्या कसले गरेको हो? सांसद अपहरण कसले गरेको छ? नेपालमा सरकारको नालाएकिपनका कारण प्रतिदिन ज्ञछरज्ञट जना आत्महत्या गर्छन ,अनि ओलि सरकार हत्यारा नभएर कसरी बिप्लब ! ’
त्यस्तै संयोजक महरले धम्की दिने, चन्दा उठाउने गरेको आरोपको पनि विप्लव नेतृत्वको नेकपाले खण्डन गरेको छ । ‘पहिलो कुरा क्रान्तिकारी पार्टी जनताकै सहयोगबाट चल्ने हो , नपत्याएओलि बालाई सोध्नुहोला । तसर्थ जनताबाट स्वेच्छिक सहयोग पार्टीले लिन्छ । धम्की दिएर चन्दा उठाएको प्रमाण पेश गर्न चुनौती दिइन्छ । बरु कर मिनाहा गरिदिने सर्तमा एनसियल संग १० अर्ब चन्दा कसले लिएको हो? ७० करोडको बार्गे्निङ कसले गरेको हो? यति समूह,ओम्नि ग्रुपसङ्ग कमिसन कसले लिएको हो ? बालुवाटारको जग्गा कसले हडपेको हो ? वाईडबडी जहाज काण्ड भ्रस्टाचार कसले गरेको हो ? जनताको प्राप्त अधिकार मास्ने जो आरोप छ, जनता तथा , सन्चार जगतको आवाज थुनेर गुपचुपमा भ्रस्टाचार गर्ने गरि सुचना बिधयेक कसले ल्याएको हो? वाक स्वतन्त्रताको धज्जि उडाउदै भिम उपाध्यालाई कस्ले गिरफ्तार गरेको हो , राहत बाड्नेहरुलाई कसले गिरफ्तार गर्दैछ? नेकपाका नेताकार्यकर्ताहरु आज पनि करोडपतिहरुको कब्जामा परेको भ्रष्ट दलाल पुजीवादी ब्यवस्थाको बिकल्पमा जनताको समुन्नत ब्यस्था बैज्ञानिक समाजबाद स्थापनाको निम्ति संघर्षमा छ्न। खुनी ओलि सरकारले दर्जनौ नेताकार्यकर्ताको हत्या गरिसकेको छ। ईतिहासका निर्माता जनता हुन , बिप्लब आज पनि जनता संगै छ्न । प्रतिबन्ध गरेको एक महिनामा सिध्याउने घोषणा गरेको ओलि सरकारले एक बर्षमा पनि भेटाउन सकेको छैन । म चुनौती दिन्छु , बिना सुरक्षा ओलि एक दिन जनताको बिचमा बस्न सक्छ्न? सक्दैनन , अनि कसले मासिरहेको छ जनताको अधिकार?’, विज्ञप्तिमा भनिएको छ ।
यस्तो छ अखिल क्रान्तिकारीले जारी गरेको विज्ञप्तिः
अनेरास्ववियुका संयोजक ऐन महरले बिप्लबले नेतृत्व गरेको नेकपाको बारेमा केही गम्भीर आरोप लगाएका छ्न । नेकपा जनतामा स्थापित हुन थालेपछी बढ्दो लोकप्रियताबाट अत्तालीएर कपोकल्पित लगाईएका मिथ्या आरोपहरु खारेज गरिन्छ। उनले लगाएका आरोपहरु खण्डन गरिएको छ । ऐन महर जी , पाँच मिनेट समय दिएर पढ्नुहोला र भ्रम मुक्त हुनुहोला!
१) हत्याहिंसाको माध्यमबाट समाजलाई आतंकित पारेको आरोप जो उनले लगायका छ्न , २०७६ जेठ ७ गते भोजपुरमा तिर्थराज घिमिरेको हत्या कसले गरेको हो ? कुमार पौडेलको हत्या कसले गरेको हो ? निर्मला पन्तको बलत्कार पछि हत्या गरिदा बिरोधमा उत्रिएका ज्ञद्ध बर्से बिध्यार्थी सनिको हत्या कसले गरेको हो? सांसद अपहरण कसले गरेको छ? नेपालमा सरकारको नालाएकिपनका कारण प्रतिदिन ज्ञछरज्ञट जना आत्महत्या गर्छन ,अनि ओलि सरकार हत्यारा नभएर कसरी बिप्लब !
२) धम्की दिने, चन्दा उठाउने जो आरोप छ, पहिलो कुरा क्रान्तिकारी पार्टी जनताकै सहयोगबाट चल्ने हो , नपत्याएओलि बालाई सोध्नुहोला । तसर्थ जनताबाट स्वेच्छिक सहयोग पार्टीले लिन्छ । धम्की दिएर चन्दा उठाएको प्रमाण पेश गर्न चुनौती दिइन्छ । बरु कर मिनाहा गरिदिने सर्तमा एनसियल संग १० अर्ब चन्दा कसले लिएको हो ? ७० करोडको बार्गे्निङ कसले गरेको हो ? यति समूह,ओम्नि ग्रुपसङ्ग कमिसन कसले लिएको हो ? बालुवाटारको जग्गा कसले हडपेको हो ? वाईडबडी जहाज काण्ड भ्रस्टाचार कसले गरेको हो?
घ) जनताको प्राप्त अधिकार मास्ने जो आरोप छ, जनता तथा , सन्चार जगतको आवाज थुनेर गुपचुपमा भ्रस्टाचार गर्ने गरि सुचना बिधयेक कसले ल्याएको हो? वाक स्वतन्त्रताको धज्जि उडाउदै भिम उपाध्यालाई कस्ले गिरफ्तार गरेको हो , राहत बाड्नेहरुलाई कसले गिरफ्तार गर्दैछ? नेकपाका नेताकार्यकर्ताहरु आज पनि करोडपतिहरुको कब्जामा परेको भ्रष्ट दलाल पुजीवादी ब्यवस्थाको बिकल्पमा जनताको समुन्नत ब्यस्था बैज्ञानिक समाजबाद स्थापनाको निम्ति संघर्षमा छ्न। खुनी ओलि सरकारले दर्जनौ नेताकार्यकर्ताको हत्या गरिसकेको छ। ईतिहासका निर्माता जनता हुन , बिप्लब आज पनि जनता संगै छ्न । प्रतिबन्ध गरेको एक महिनामा सिध्याउने घोषणा गरेको ओलि सरकारले एक बर्षमा पनि भेटाउन सकेको छैन । म चुनौती दिन्छु , बिना सुरक्षा ओलि एक दिन जनताको बिचमा बस्न सक्छ्न? सक्दैनन , अनि कसले मासिरहेको छ जनताको अधिकार?
द्ध) देशद्रोही भन्ने जो उनकोआरोप छ, महाकालि भारतलाई कसले बुझाएको हो? अरुण तेस्रो, माथिल्लो कर्णाली भारतलाई कसले बुझाएको हो? अहिले सन्सदमा ःऋऋ पास गरेर नेपाललाई साम्राज्यबादिहरुलो कृडास्थल बनाउने खुंखार जोडबल कसले गरिरहेको छ? किस्ता किस्तामा भारतियहरुलाई नागरिकता बितरण कसले गरेको हो? जो आज पनि रास्टिय स्वाधिनताको निम्ति रास्टिय मुक्ती युद्द लडिरहेको छ उ कसरी देशद्रोही ?
छ) गणतन्त्र स्थापना भएको र शान्ती शुनिस्चित भएको दाबी जो गरिएको छ, पहिलो कुरा यो गणतन्त्र होइन , यो लुट्तन्त्र हो, यो मनपरितन्त्र हो, पैसा पावर र शक्ति हुनेहरुको लुटखसोट गर्ने ब्यवस्था हो यो । गणतन्त्रमा पार्टी प्रतिबन्ध गरिन्छ ? अनि तपाईले भनेकै गणतन्त्र मान्ने हो भने पनि, ओलिको गणतन्त्रमा बिरोध गर्न, मुर्दावाद भन्न , पुत्ला जलाउन पाइदैन, यो त गणतन्त्रको आदर्श होलानी? अनि बिरामिहरुले जे गर्दा पनि छुट दिने बिरोध नगर्ने , ओलिबालाई अस्पताल पठाउनुस , सिघ्र स्वास्थ्य लाभको कामना छ। शान्ती शुनिस्चित भएको भए , दिनहु ओलि सरकारको बिरुद्द यत्रो प्रदर्शन किन भैरहेका छ्न ? जो थेग्न नसकेर उपत्यकाका सार्बजनिक ठाउहरुमा बिरोध गर्न प्रतिबन्ध गरिएको छ, अहिलेपनी सरकारले बिरोध थेग्न परिणामहिन लकडाउन गरिरहेको छ। यहि हो गणतन्त्र र जनताको अधिकार ?
ट) अन्तमा जो तपाइले सस्कार सिकाउनु भएको छ, तपाईले ओलिबाबाट बाबुरामलाई हार्दिक स्रदान्जली लेख्ने सस्कार सिक्नुभएको हो? स्वास्थ्य मन्त्री भानुभक्त ढकालले स्वास्थ्य सामाग्री खरिदमा घोटाला गर्दा जनताले बिरोध गरे, तपाईले “बिरोधिहरु किरा हुन,भानुभक्त हिरा हुन “ लेखेको बिर्सनु भयो ? ओलि सरकारको शृङ्खलाबद्ध भ्रस्टाचारको बचाउ गर्नु तपाईको दिनचर्या बनेको छ , यहि हो सस्कार ? पहिले तपाईं राम्रो बन्नुस, राम्रोलाई साथ दिनुस अनि सल्लाह शुझाब दिनुस , सस्कार सिकाउनुस ।




प्रतिक्रिया