काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले पूर्वप्रधानमन्त्रीलाई श्रद्धाञ्जली व्यक्त गरेपछि विवाद चुलिएको छ ।
जनता समाजवादी पार्टी नेपालका नेता डा. भट्टराईलले यस विषयमा आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै अरिंगालले आफूमाथि श्रद्धान्जली दिएको बताए । उनले यो हिसाब इतिहासले राख्ने चेतावनी दिएका छन् ।
‘यही त हो ‘सौ चुहा खा के बिल्ली हज करने चली’ भनेको । त्यतिबेला हामीमाथि खुकुरी प्रहार गर्ने केपी शर्मा ओलीको अरिंगाल सेना अहिले आएर ‘श्रद्धान्जली’ दिंदैछ । इतिहासले यी सबै कुराको हिसाबकिताब अवश्य राख्नेछ । हामी स्वाधीनता,संघीयता,सुशासन,समृद्धि र समाजवादको यात्रामा निरन्तर लाग्नेछौं ।’
संयोजक महरले उनले पूर्वप्रधानमन्त्री डा. भट्टराईलाई श्रद्धाञ्जली दिएका थिए । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा भट्टराईको आलोचना गर्दै श्रद्धाञ्जली दिएका हुन् । ‘धेरै पढे विद्धान हुन्छ, विद्धान बिग्रे बाबुराम हुन्छ भन्थे पुष्टि हुँदैछ । यी गद्दार दलाल राष्ट्रघातीलाई हार्दिक श्रद्धाञ्जली !’ उनले भनेका थिए ।
यही त हो ‘सौ चुहा खा के बिल्ली हज करने चली’ भनेको! त्यतिबेला हामीमाथि खुकुरी प्रहार गर्ने @kpsharmaoli को अरिंगाल सेना अहिले आएर ‘श्रद्धान्जली’ दिंदैछ! इतिहासले यी सबै कुराको हिसाबकिताब अवश्य राख्नेछ ! हामी स्वाधीनता,संघीयता,सुशासन,समृद्धि र समाजवादको यात्रामा निरन्तर लाग्नेछौं! https://t.co/2J0E5nhsnR
— Baburam Bhattarai (@brb1954) May 25, 2020




प्रतिक्रिया