नेपालमा कारोनाबाट थप एक जनाको मृत्यु, धार्मिक परम्पराबाट अन्त्येष्टी

नेपालमा कारोनाबाट थप एक जनाको मृत्यु, धार्मिक परम्पराबाट अन्त्येष्टी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमणबाट चार जनाको मृत्यु भएको छ ।

जेठ ४ गते वीरगन्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएका बाराको कलैयाका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

उनी मृगौला, क्षयरोग, दम र निमोनियाबाट पीडित थिए । उनको धार्मिक परम्पराअनुसार अन्त्येष्टी गरिसकिएको छ ।

यसअघि तीन जनाको मृत्यु भइसकेको छ । यसअघि मृत्यु हुनेहरुमा सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँकेका युवक र गुल्मीका एक जना शिक्षक रहेका छन् ।