काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई परीक्षा तत्काल सञ्चालन गर्न नसकिने बताएका छन् ।
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अोलीले कोरोना भाइरसको संक्रमितको संख्या बढ्दै गएकाले एसईई परीक्षा तत्काल सञ्चालन गर्न नसकिने बताएका हुन् ।
‘महामारीका कारण माध्यमिक शिक्षा परीक्षा (एसइइ) सञ्चालन हुनुभन्दा २ दिन अगाडि स्थगित गर्नु परेको थियो । यो परीक्षा सञ्चालन हुन नसक्दा लाखौं विद्यार्थी अहिले अन्योलमा छन्’, प्रधानमन्त्री ओलीले भने, ‘अहिले तत्काल परीक्षा सञ्चालन गर्न सकिने अवस्था पनि विद्यमान छैन् । तसर्थ, एसइइका परीक्षार्थी विद्यार्थीहरुको सिङ्गो शैक्षिक वर्ष खेर जान नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिट्टै आवश्यक प्रबन्ध मिलाउने छ । आवश्यक नीतिगत व्यवस्थासहित मन्त्रालयले ‘भर्चुयल कक्षा’को समेत प्रयोग गरी सबै विद्यालयहरुमा नयाँ शैक्षिक वर्ष अन्तर्गतको पठन÷पाठन सञ्चालनको काम अघि बढाउनेछ ।’




प्रतिक्रिया