काठमाडौं – पर्सामा ४३ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्जमा उपचाररत ४३ जना संक्रमित एकैपटक डिस्चार्ज भएका हुन् ।
सोमबार २ जना पत्रकारसहित ४३ जना संक्रमित डिस्चार्ज भएपछि अस्पचाल कोरोना संक्रमित मुक्त भएको अस्पतालले जनाएको छ ।
आज दिउँसो २५ जना कोभिड–१९ जितेर घर फर्किएका थिए । त्यस्तै नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ भने चार जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया