चौरजहारी प्रकरणमा पक्राउ परेका वडाध्यक्षलाई छोडिएको छैन्ः गृहमन्त्री बादल

चौरजहारी प्रकरणमा पक्राउ परेका वडाध्यक्षलाई छोडिएको छैन्ः गृहमन्त्री बादल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलले पश्चिम रूकुमको चौरजहारी नगरपालिका ८ मा भएको घटनाबारे दोषीलाई कडा कारबाही गर्ने बताएका छन् ।

मंगलबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले उक्त घटनामाथि गृहमन्त्रीको जवाफ मागेपछि गृहमन्त्रीले छानविन समिति गठन गरेको जानकारी गराएका हुन् । गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।

त्यस्तै गृहमन्त्री बादलले वडाध्यक्षलाई नछोडिएको जनानकराी दिएका छन् । केही प्रतिपक्षी सांसदहरुले चौरजहारी नगरपालिका ८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल जेलबाट छुटेको बताएका थिए । त्यस्तै गृहमन्त्री बादलले समितिले निष्पक्ष छानबिन गर्ने र दुई हप्ताभित्र छानबिन प्रतिवेदन बुझाउन निर्देशन दिएको बताए ।

आफ्नी प्रेमिकाको घर गएका जाजरकोटका नवराज विकसहित दुई जनाको शव भेरी नदीमा फेला परेको छ । ३ जना अझै बेपत्ता छन् । त्यस्तै प्रहरीले घटनामा संलग्न १२ जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ । अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।