कोरोना संक्रमणको उपचारमा खटिएका स्वास्थ्यकर्मीको ‘ड्युटी सिफ्ट’

कोरोना संक्रमणको उपचारमा खटिएका स्वास्थ्यकर्मीको ‘ड्युटी सिफ्ट’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाममा खटिएका स्वास्थ्यकर्मीहरुको ड्युटी सिफ्ट छुट्याएको छ । मन्त्रालयले कोरोना राकथाम व्यवस्थापन गर्दा स्वास्थ्यकर्मी तथा सहयोगी संक्रमित हुन थालेपछि मन्त्रालयले सिफ्ट छुट्याएको हो ।

मन्त्रालयले दुई समूह बनाएर आलोपाले एउटा टोली एक हप्ता र अर्को टोली अर्को हप्ता ड्युटीमा खटिने जनाएको छ ।

जेठ १२ गतेको सचिवस्तरको निर्णयअनुसार स्वास्थ्यकर्मी र सहयोगीहरु संक्रमित हुन थालेपछि सेवा प्रवाह निरन्तरता दिन कठिन हुन सक्ने भएकाले अस्पतालहरुले जनशक्ती सुरक्षीत रुपमा व्यवस्थित गर्न दुई समूह बनाएको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए ।