गुल्मीका गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण

गुल्मीका गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण भएको छ । अध्यक्ष भुपाल पोखरेलले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।

अध्यक्ष पोखरेलले प्रेस विज्ञप्ती जारी गर्दै गाउँपालिकाबासीलाई अत्तिहाल्नु नपर्ने तर सतर्कता अपनाउन आग्रह गरेका छन् ।

‘गुल्मीकै मदाने गाउँपालिकामा संक्रमण देखिएका कारण हामीले पनि १० गते गाउँपालिका भित्रका केही जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, चालक र स्थानीय प्रहरीको आरडीटी परीक्षण गरेका थियौं,’ उनले भनेका छन् ‘जसमा एकजना पदाधिकारीको रिपोर्ट पोजिटिभ देखिएपछी मेरो र पोजिटिभ देखिएका व्यक्तिको स्वाब संकलन गरी भैरहवा पठाइएकोमा स्वयं मेरो रिपोर्ट पोजिटिभ देखिएको छ ।’

यस वीचमा आफू धुर्कोट गाउँपालिकाभन्दा बाहिर गुल्मी सदरमुकाम तम्घास गएको बताएका छन् ।

उनले धुर्कोट गाउँपालिका कोरोना भाइरसबाट उच्चजोखिममा रहेको पुष्टि भएको बताउँदै आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

‘यो रोग समयमै पहिचान भएकोले केही हप्ता म एकान्तवास बस्नुपर्ने भएको छ,’ उनले भनेका छन् ‘मेरो एकान्तवास यस रोगका विरुद्ध लड्ने र समग धुर्कोट गाउँपालिकाको आगामी योजना र समृद्ध धुर्कोट निर्माणका लागि रहने छ ।’

उनले आफ्नो सम्पर्कमा आएको व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ हुने हुँदा क्वारेन्टिनमा नै वस्नमा लागि अनुरोध गरेका छन् ।

त्यस्तै धुर्कोट गाउँपालिका वडा नं ४ का अर्का संकमित भारतबाट आई पाञ्चायन माविको क्वरेन्टिनमा रहेका एक व्यक्तिको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको र उनी दीर्घरोगी समेत रहेको अध्यक्ष पोखरेलले बताएका छन् ।