नारायणकाजीकै पक्षमा बाबुराम भट्टराईः सांसद विकास कोष खारेज गरौं !

नारायणकाजीकै पक्षमा बाबुराम भट्टराईः सांसद विकास कोष खारेज गरौं !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सांसद विकास कोष खारेज गर्न माग गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा उनले सांसद कोषको रकमले स्वाभिमानी सांसदहरुलाई लज्जित बनाएको भन्दै डा. भट्टराईले उक्त रकमलाई सबै क्षेत्रको समानुपातिक विकास गर्न सूचकांक बनाएर एक एक अर्ब बिनियोजन गर्न माग गरेका छन् ।

‘सांसद कोषको रकमले केही स्वाभिमान भएका सांसदहरूलाई सारै लज्जित तुल्याइरहेछ’, उनले भनेका छन्, ‘यसो गरौं न–सबै क्षेत्रको समानुपातिक विकास गर्न सूचकांक बनाएर सम्बन्धित क्षेत्रका सबै सांसदहरूको संयुक्त सिफारिसमा सामाजिक र भौतिक पूर्वाधारका निम्ति करिब १र१अर्ब बजेट बिनियोजन होस् । अहिलेको कनिका रकम खारेज होस !’

केही समयअगाडि नेकपा प्रवक्ता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले सांसद विकास कोष खारेज गर्न माग गरेका थिए । सांसद श्रेष्ठ गोरखामा बाबुरामसँग पराजित भएका थिए ।