संविधान संशोधन विधेयक प्रतिनिधिसभाको कार्यसूचीबाट हट्यो

संविधान संशोधन विधेयक प्रतिनिधिसभाको कार्यसूचीबाट हट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संविधान संशोधन विधेयक प्रतिनिधिसभाको कार्यसूचीबाट हटेको छ । बुधबार बस्ने प्रतिनिधि सभा बैठकमा नेपालको नयाँ नक्सालाई समेटेर निशान छाप परिवर्तन गर्न ल्याइएको संशोधन पेश नहुने भएको हो ।

संसद सचिवालयले तयार गरेको प्रस्तावित कार्यसूचीमा कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन प्रस्तुत गर्ने उल्लेख थियो । तर बैठकअघि कार्यसूचीबाट उक्त विषय हटाइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन विधेयकका विषयमा मंगलबार सर्वदलीय बैठक गरेका थिए । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा केन्द्रीय कार्यसमिति बैठक गर्ने बताएको थियो ।

कांग्रेसले समय मागेपछि सरकार तत्काल संविधान संशोधन विधेयक संसदबाट अगाडि नबढाउने निर्णय लिएको हो ।