प्रहरीका हवल्दारसहित ६९ जना कोरोना संक्रमित थपिए

प्रहरीका हवल्दारसहित ६९ जना कोरोना संक्रमित थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रदेश १ र प्रदेश २ मा ६२ जना कोरोना संक्रमित थपिएका छन् ।

आज कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापामा १७ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा ४५ जना संक्रमित थपिएका हुन् ।

संक्रमितहरू रौतहटका ३५, बारामा ८ जनामा संक्रमण पुष्टि भएको हो ।  त्यस्तै सिराहा जिल्ला प्रहरी कार्यालयका दुई जना हवल्दारलाई पनि कोरोना संक्रमण देखिएको छ।

बाग्लुङका ६ र हेटौंडाका एकजनामा संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ सय ५२ पुगेको छ ।